डोटीमा कार्यरत प्रहरी जवान जोशीको उपचारका क्रममा कैलालीको अत्तरियामा निधन

डोटीमा कार्यरत प्रहरी जवान जोशीको उपचारका क्रममा कैलालीको अत्तरियामा निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २८ असार २०८३
  • 1.3K
    Shares

police ganesh joshi

पोखरा, २८ असार २०८३।

डोटीमा कार्यरत एक जना प्रहरी जवानको आज उपचारका क्रममा कैलालीको अत्तरियामा निधन भएको छ।

डोटीको प्रहरी चौकी सानागाउँमा कार्यरत प्रहरी जवान गणेश जोशीको उपचारका क्रममा आज बिहान अत्तरिया अस्पतालमा निधन भएको हो ।

प्रहरीका अनुसार डडेल्धुराको जोगबुडा घर भएका जोशीलाई यही असार २७ गते राति ड्युटीमा रहेका बेला अचानक पेटमा तीव्र दुखाइ भएपछि उपचारका लागि जिल्ला अस्पताल डोटी लगिएको थियो। त्यहाँबाट स्वास्थ्य अवस्था गम्भीर बनेपछि थप उपचारका लागि अत्तरिया अस्पताल रिफर गरिएको थियो।

अत्तरिया अस्पतालमा उपचारकै क्रममा आज बिहान उनको निधन भएको प्रहरीले जनाएको छ।

प्रहरीले मृत्युको यकिन कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने जनाएको छ। उनको शव धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरी आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि आफन्तलाई बुझाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया