दाङमा वडाध्यक्षको उद्दण्डता : शिक्षा महाशाखाका एक कर्मचारीमाथि कालो मोसो छर्किएर दुर्ब्यबहार

दाङमा वडाध्यक्षको उद्दण्डता : शिक्षा महाशाखाका एक कर्मचारीमाथि कालो मोसो छर्किएर दुर्ब्यबहार


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २७ असार २०८३
  • 1.4K
    Shares

दाङ, २७ असार २०८३ ।

नेपाली कांग्रेसबाट निर्वाचित घोराही उपमहानगरपालिका–१५ का वडा सदस्य लेखनाथ बुढाथोकी (उत्तम) ले घोराही उपमहानगरपालिकाको शिक्षा महाशाखाका एक कर्मचारीमाथि कालो मोसो छर्किएर दुर्ब्यबहार गरेका छन्।

सामाजिक सञ्जालमा भाइरल भैरहेको भिडियोमा वडाध्यक्ष बुढाथोकीले शिक्षा महाशाखाका कर्मचारी भनिएका सरकारी मोटरसाइकल चढेका एक व्यक्तिको टाउकोदेखि शरीरमा कालो मोसो छर्किएर दुर्ब्यबहार गरेको प्रस्ट देखिएको छ ।

प्राप्त जानकारीअनुसार, पद्मोदय पब्लिक नमुना उच्च माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन सार्नुपर्ने माग गर्दै वडा सदस्य बुढाथोकीले उपमहानगरपालिकामाथि दबाब दिँदै आएका थिए। तर पालिकाले निर्वाचन प्रक्रिया यथावत् अघि बढाउने निर्णय गरेपछि उनी आक्रोशित बनेका थिए।

त्यसक्रममा उनले शिक्षा महाशाखाका कर्मचारीमाथि दुर्व्यवहारपूर्ण शैलीमा कालो मोसो छर्केका हुन्। घटनापछि उनले सामाजिक सञ्जालमार्फत “अब हाकिमको पालो” भन्ने आशयको चेतावनीपूर्ण अभिव्यक्ति समेत सार्वजनिक गरेका छन्।

घटनाबारे सम्बन्धित निकायबाट औपचारिक प्रतिक्रिया आउन बाँकी छ। साथै, वडा सदस्य बुढाथोकीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइने वा नबढाइने विषय पनि स्पष्ट भइसकेको छैन।

प्रतिक्रिया