मन्त्री परिषदद्वारा मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त

मन्त्री परिषदद्वारा मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त


  • जन संचार
  • बुधबार, २४ असार २०८३
  • 1.6K
    Shares

gobinda bahadur karki, गोबिन्द बहादुर कार्की

न्त्रिपरिषद्को बुधबारको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।

२०२७ साल ९ महिना २५ गते भोजपुरमा पिता थिरबहादुरको पुत्रका रूपमा जन्मिएका कार्की २०५३ पुस ७ गते शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरेका थिए।

०८१ भदौ २० गते सचिवमा बढुवा भएका कार्की उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव भएर काम गरेका छन् । उनी उमेर हदका कारण २०८५ पुस २५ गते अनिवार्य अवकाशमा जानेछन्।

अहिलेको व्यवस्था अनुसार मुख्यसचिवको कार्यकाल ३ वर्षकाे हुन्छ । उनी उमेर हदका कारण पूरा कार्यकाल काम गर्न पाउने छैनन्।

बिहीबारको मन्त्रिपरिषद् बैठकले विभिन्न ८ वटा मुख्य निर्णयहरू गरेको छ।

निर्णयहरू सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन्। 

यी हुन् सरकारले गरेका मुख्य निर्णयहरूः
१. काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्य, काठमाडौँलाई नियुक्त गर्ने।
२. गेटा अस्पताल, कैलालीलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने।
३. विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गर्ने।
४. शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गर्ने।
५. कारागार नियमावली, २०८३ स्वीकृत गर्ने।
६. मानव अधिकारसम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना (२०८३/०८४-२०८७/८८) स्वीकृत गर्ने।
७. भ्रष्टाचारविरूद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२/८३-२०८७/८८) स्वीकृत गर्ने ।
८. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने।

प्रतिक्रिया