प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि नबढाउन एमालेको सभामुखलाई आग्रह

प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि नबढाउन एमालेको सभामुखलाई आग्रह


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १९ जेष्ठ २०७४
  • 9.8K
    Shares

काठमाडौं -प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि नबढाउन सभामुख ओनसरी घर्तीलाई आग्रह गरेको छ ।शुक्रबार संसद भवन नयाँबानेश्वरमा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा एमालेले संसद अवरुद्ध भईरहेका बेला प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि नबढाउन सभामुख घर्तीलाई आग्रह गरेको हो ।

भरतपुर महानगरपालिकाको मतगणना गरेर संसद अवरोध नखुलेसम्म प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि नबढाउन सुझाव दिइएको एमाले नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।उनले त्यस सम्बन्धमा शिर्ष नेताहरुबीच छलफल गरी छिटो टुंगोमा पुग्न पनि सभामुखलाई सुझाव दिइएको पनि बताए ।

एमालेले भरतपुर महानगरपालिकाको मतगणना सुरु नभए संसदमा कुनै पनि प्रक्रियामा भाग लिन नसकिने पनि स्पष्ट पारेको छ ।

यता, सत्तारुढ नेकपा माओवादी केन्द्रले भने प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाउने काम सभामुखको भएको टिप्पणी गरेको छ । सभामुखको स्वविवेकीय अधिकार भएकाले प्रधानमन्त्री निर्वाचन प्रक्रिया रोक्न नमिल्ने सुझाव दिइएको नेता रामनारायण बिडारीले जानकारी दिए ।

माओवादी केन्द्रले राष्ट्रपतिले प्रधानमन्त्री निर्वाचन गराउन दिएको आदेश अवज्ञा गर्ने अधिकार सभामुख र प्रमुख प्रतिपक्ष एमाले दुवैलाई नरहेको तर्क समेत गरेको छ । राष्ट्रपति विद्या भण्डारीले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न विहिबार नै संसदलाई आह्वान गर्नु भएको छ । तर संसद बैठक अवरुद्ध भएकाले सो प्रक्रिया अघि बढाउन सभामुखलाई अप्ठयारो परेको रातोपाटीले लेखेको छ। ।

प्रतिक्रिया
सम्बन्धित समाचार