गएराती टीकापुर प्रहरी कार्यालयको हिरासतबाट थुनुवा नगर्ची भागे

गएराती टीकापुर प्रहरी कार्यालयको हिरासतबाट थुनुवा नगर्ची भागे


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २३ असार २०८३
  • 1.8K
    Shares

thunuwa farar, हिरासतबाट थुनुवा भागे

काठमाडौं, २३ असार २०८३।

कैलालीस्थित इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट गएराती एक जना थुनुवा भागेका छन्।

लागू औषध मुद्दामा पक्राउ परेका टीकापुर–१ का ३१ वर्षीय संजय नगर्चीले गएराती इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट भागेका हुन्।

थुनुवा नगर्ची आइतबार राति पानी खाने बहानामा ड्युटीमा रहेका प्रहरीलाई धकेल्दै हिरासतबाट भागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

उनी असार ९ गते लागूऔषध मुद्दामा पक्राउ परेका थिए। फरार थुनुवाको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया