हावाहुरीकाकारण फेवातालमा कायकिङ गर्दै गर्दा अलपत्र युवतीको सकुशल उद्धार

हावाहुरीकाकारण फेवातालमा कायकिङ गर्दै गर्दा अलपत्र युवतीको सकुशल उद्धार


  • जनसञ्चार डट कम संवाददाता
  • शनिबार, २० असार २०८३
  • 1.3K
    Shares

fewa rescue , फेवातालमा उद्धार

पोखरा, २० असार २०८३ ।

पोखराको पर्यटकीय गन्तव्य फेवातालमा कायकिङ गर्ने क्रममा हावाहुरीका कारण तालको बीचभागमा अलपत्र परेकी एक युवतीको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ।

काठमाडौँको नारायणटारकी २३ वर्षीया रितिका फुयाल पोखरा भ्रमणका क्रममा फेवातालमा कायकिङ गरिरहेकी थिइन्। सोही क्रममा अचानक आएको तीव्र हावाहुरीका कारण उनी तालको बीचभागमा अलपत्र परेकी थिइन्।

घटनाको जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेक्वा कालिका, कास्कीअन्तर्गत फेवातालस्थित ‘फेवा वाच एन्ड रेस्क्यु टावर’मा खटिएको विशेष विपद् उद्धार टोली तत्काल परिचालन गरिएको थियो। सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमाण्डमा खटिएको टोलीले खोजी गरी फुयाललाई तालको बीचभागबाट सकुशल उद्धार गरेर सुरक्षित स्थानमा ल्याएको थियो।

सशस्त्र प्रहरी बलका अनुसार उद्धार गरिएकी फुयालको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

प्रतिक्रिया