झापामा छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेका एक शिक्षक पक्राउ

झापामा छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेका एक शिक्षक पक्राउ


  • जनसञ्चार डट कम संवाददाता
  • शनिबार, २० असार २०८३
  • 684
    Shares

teacher arrest , शिक्षक पक्राउ

पोखरा, २० असार २०८३ ।

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा झापाबाट एक जना शिक्षक पक्राउ परेका छन्।

झापाको अर्जुनधारा–५ स्थित भानु माध्यमिक विद्यालयका शिक्षक दुर्गा शिवाकोटी आफ्नै बिद्यालयमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय बिर्तामोडमा दर्ता भएको सामूहिक जाहेरीका आधारमा विद्यालयका शिक्षक शिवाकोटीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, जाहेरीमा उनले छात्राहरूलाई विभिन्न प्रलोभन देखाएको, व्यक्तिगत रूपमा भेट्न दबाब दिएको तथा घटना सार्वजनिक नगर्न धम्की दिएको आरोप उल्लेख गरिएको छ।

घटनासम्बन्धी थप विवरण संकलन, सम्बन्धित व्यक्तिहरूको बयान तथा आवश्यक प्रमाण जुटाउने काम भइरहेको प्रहरीले जनाएको छ।

यता, आरोपित शिक्षक शिवाकोटीले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्। उनका अनुसार कक्षा १० को परीक्षा सञ्चालन भइरहेका बेला एक विद्यार्थीले प्रश्न नबुझेको बताएपछि आफूले प्रश्न पढेर सुनाएका थिए। त्यसपछि विद्यार्थीले लगाएको घडी देखेर सामान्य रूपमा “तिमीले राम्रो घडी लगाएकी रहेछौ, कसले किनिदिएको?” भनेर सोधेको मात्र भएको र आफूबाट कुनै पनि प्रकारको यौन दुर्व्यवहार नभएको उनले दाबी गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया