गोली हानेर घाइते बनाई सिराहाबाट भारतीय लागुऔषध कारोबारी पक्राउ, तीन जना भागे

गोली हानेर घाइते बनाई सिराहाबाट भारतीय लागुऔषध कारोबारी पक्राउ, तीन जना भागे


  • जनसञ्चार डट कम संवाददाता
  • शनिबार, २० असार २०८३
  • 1.1K
    Shares

abdul kalam womd

पोखरा, २० असार २०८३

भारतबाट नेपालतर्फ अबैध लागू औषध खैरो हेरोइन तस्करी गर्दै गरेको भारतीय तस्करसमूहमाथि सिराहामा प्रहरीले गोली चलाउँदा एक जना भारतीय लागू औषध तस्कर घाइते अवस्थामा पक्राउ परेका छन्।

सिरहास्थित लागुऔषध नियन्त्रण ब्यूरो शाखा र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले शुक्रबार गरेको कारबाहीमा परेर गम्भीर घाइते भएका भारातीय लागू औषध तस्कर भारतको मधुवनी जिल्ला निवासी ३५ वर्षीय अब्दुल कलामलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका लागू औषध तस्कर अब्दुल कलामको साथबाट ठूलो परिमाणमा खैरो हेरोइन र अवैध हतियार समेत बरामद भएको लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए ।

नेपाल प्रहरीमाथि कटुवा पेस्तोल तेर्साएर गोली चलाउने भारतीय लागुऔषध कारोबारीलाई प्रहरीले जवाफी कारबाही गर्दै गोली हानी पक्राउ गरेको छ। प्रहरीले उनको साथबाट ११५ ग्राम २० मिलिग्राम खैरो हेरोइन र एउटा कटुवा पेस्तोल बरामद गरेको जनाएको छ।

लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार, भारतको लालबन्दी नाकाबाट नेपाल प्रवेश गरी सिराहा, महोत्तरी हुँदै काठमाडौं उपत्यकासम्म हेरोइन ओसारपसार गर्ने अन्तरदेशीय गिरोहको खोजीका क्रममा कलामलाई नियन्त्रणमा लिन खोजिएको थियो। त्यही क्रमम पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि कलामसहितको समूहले कटुवा पेस्तोलबाट एक राउण्ड गोली प्रहार गरेको र प्रहरीले आत्मरक्षाका लागि दुई राउण्ड हवाई फायर गर्दै आत्मसमर्पण गर्न चेतावनी दिएको थियो। तर उनले चेतावनी अटेर गर्दै प्रहरीतर्फ पुनः कटुवा पेस्तोल तेर्साएपछि प्रहरीले उनको बायाँ खुट्टाको घुँडामुनि एक राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको हो। गोली लागेर घाइते भएका कलामको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ।

अनुसन्धानका क्रममा कलामसँगै लागुऔषध तस्करीमा संलग्न अन्य तीन जना फरार रहेको खुलेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी तीव्र बनाइएको तथा घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए।

प्रतिक्रिया