पोखरा, २० असार २०८३।
पोखरा महानगरपालिकाको लेखनाथ-डाँडाकोनाकस्थित इलाका प्रहरी कार्यालय शिशुवानजिक रहेको गढुवा खोलाको पुलमुनि एक जना बसका सहचालक मृत भेटिएका छन्।
लेखनाथ नगर बस सेवामा सहचालकका रूपमा काम गर्दै आएका गाईघाटे’ नामले परिचित अन्दाजी २५ वर्षीय रेशम इलाका प्रहरी कार्यालय शिशुवानजिक रहेको गढुवा खोलाको पुलमुनि मृत भेटिएका हुन्। उदयपुर स्थायी घर भएका उनी हाल पोखरा–२६, रविमहल क्षेत्रमा बसोबास गर्दै आएका बताइएको छ।
उनको शबलाई प्रहरीले पोस्टमार्टमका लागि साबिकको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हालको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाएको प्राप्त समाचारमा जनाइएको छ।
प्रारम्भिक अनुसन्धानका आधारमा घटना बिहीबार साँझ भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।