नवलपुरको खरकट्टा जंगल क्षेत्रमा गम्भीर घाइते अवस्थामा भेटिएका युवाको चितवनमा उपचारका क्रममा मृत्यु

नवलपुरको खरकट्टा जंगल क्षेत्रमा गम्भीर घाइते अवस्थामा भेटिएका युवाको चितवनमा उपचारका क्रममा मृत्यु


  • जनसञ्चार डट कम संवाददाता
  • बिहिबार, १८ असार २०८३
  • 817
    Shares

पोखरा , १८ असार २०८३।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–८ खरकट्टा जंगल क्षेत्रमा गम्भीर घाइते अवस्थामा भेटिएका एक युवाको चितवनमा उपचारका क्रममा मृत्यु भएको छ।

बुधबार राति खरकट्टा जंगल क्षेत्रमा गम्भीर घाइते अवस्थामा भेटिएका हुप्सेकोट गाउँपालिका–५ निवासी २३ वर्षीय तिलबहादुर राना मगरको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार , टाउको र निधारमा गम्भीर चोट लागेको अवस्थामा भेटिएका मगरलाई ट्राफिक प्रहरीको टोलीले उद्धार गरी तत्काल उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डामा पुर्याइएकोमा त्यहाँ उपचार हुन् नसके पछि थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा पुर्याइएको थियो। सोही अस्पतालामा उपचारका क्रमम उनको बिहिबार बिहान निधन भएको प्रहरीले जानकारी दिएको छ।

उनको सवारी साधनले दिएको ठक्करका कारण मृत्यु भएको प्रहरीले दाबी गरेको छ। तर उक्त सवारी साधनको हालसम्म पहिचान नभएको प्रहरीले जनाएको छ।

मृतकको शव हाल भरतपुरस्थित पुरानो मेडिकल कलेजमा राखिएको छ। दुर्घटनामा संलग्न अज्ञात सवारी साधनको खोजी जारी रहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया