पोखरा , १८ असार २०८३।
मोबाइल चोरी गरेको आरोपमा चार जना बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको आरोपमा बारामा चार जना पक्राउ परेका छन् ।
गएको मंगलबार जीतपुर सिमरा उपमहानगरपालिका–१६ टांगिया बस्ति स्थित सार्वजनिक चौतारामा चार जना बालबालिकाहरूलाई मोबाइल चोरी गरेको भन्ने विषयमा बरको रुखको फेदमा डोरीले बाँधी कुटपिट गरेको घटनामा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका हुन।
प्रहरीका अनुसार जितपुरसिमरा उपमहानगरपालिका–१६ टांगिया बस्तीस्थित सार्वजनिक चौतारामा मोबाइल चोरी गरेको भन्ने विषयलाई लिएर चार जना बालबालिकालाई रुखको फेदमा डोरीले बाँधेर कुटपिट गरिएको घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–१६ निवासी ६२ वर्षीया मिना रजन मगर, ३२ वर्षीया पतिकुमारी आले मगर, ३० वर्षीया रत्नमाया भोलन र ४० वर्षीया निर्मला बाईवा रहेका छन्।
प्रहरीले उनीहरूलाई २०८३ असार १७ गते पक्राउ गरी बालबालिकाविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको जनाएको छ। बारा जिल्ला अदालत, कलैयाबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले बालबालिकामाथि हुने कुनै पनि प्रकारको हिंसा तथा दुर्व्यवहार कानुनविपरीत हुने भएकाले यस्ता घटना भएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन सबैमा आग्रह गरेको छ।