तनहुँमा गएराती कारले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक घाइते

तनहुँमा गएराती कारले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक घाइते


  • जनसञ्चार डट कम संवाददाता
  • मंगलबार, १६ असार २०८३
  • 931
    Shares

पोखरा, १६ असार २०८३।

तनहुँमा गएराती कारले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक घाइते भएका छन्।

तनहुँको ब्यास नगरपालिका वडा नम्बर ५ चापाघाटस्थित पृथ्वी राजमार्गको सडकमा गएराती करीब १० बजेको समयमा ग.प्र.०१-००२प ०४१६ नम्बरको मोटरसाइकललाई म.प्र.०१ ००१च ०६८१को कारले ठक्कर दिएको हो।

उक्त कारको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको पहिचान र उनको अवस्था खुल्न बाँकी रहेको प्राप्त जानकारीमा जनाइएको छ।

प्रतिक्रिया