पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई साक्षी राखेर तीन जना पूर्व कम्युनिष्ट प्रधानमन्त्रीहरु आज एकै मञ्चमा देखिने

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई साक्षी राखेर तीन जना पूर्व कम्युनिष्ट प्रधानमन्त्रीहरु आज एकै मञ्चमा देखिने


  • जनसञ्चार डट कम संवाददाता
  • आइतबार, १४ असार २०८३
  • 1.9K
    Shares

three ex communist prame ministers with ex president bidyadevi bhandari

पोखरा, १४ असार २०८३।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज एकै मञ्चमा देखिन लागेका छन्। जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले असार १४ गते राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा उनीहरू सहभागी हुने कार्यक्रम छ।

‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहनेछिन्। ओली, प्रचण्ड र नेपालसँगै वरिष्ठ नेता झलनाथ खनाल तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पनि कार्यक्रममा उपस्थित हुनेछन्।

आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपाल एकै मञ्चमा देखिने भएका छन्।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आज असार १४ गते राष्ट्रिय सभागृहमा आयोजना गर्ने कार्यक्रममा उनीहरू सहभागी हुने भएका हुन्।

‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीको प्रमुख आतिथ्य भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तालिका छ। 

ओली, प्रचण्ड र नेपालसँगै सो कार्यक्रममा नेताहरू झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुँदै छन्।

प्रतिक्रिया