रास्वपा सभापति लामिछानेले भारतीय प्रम मोदी भेटे

रास्वपा सभापति लामिछानेले भारतीय प्रम मोदी भेटे


  • जनसञ्चार डट कम संवाददाता
  • बुधबार, २० जेष्ठ २०८३
  • 1.5K
    Shares

राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका अध्यक्ष श्री रवि लामिछानेलाई भेट्न पाउँदा खुसी लाग्यो। साझा र समृद्ध भविष्यको लागि मिलेर काम गर्ने उहाँको इच्छालाई म स्वागत गर्दछु र पूर्ण रूपमा साझा गर्दछु। रास्वपाका सभापति रबि लामिछानेले भारतीय प्रम नरेन्द्र मोदी भेटे

पोखरा, २० जेठ २०८३।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछानेले आज भारतीय प्रम नरेन्द्र मोदीलाई भेटेका छन्।  

भारतीय प्रम मोदीले रस्व्पा सभापति लामिछानेसँग भेट भएको भन्दै आफ्नो सामाजिक सञ्जाल एक्समा फोटोसमेत पोस्ट गरेका छन्।
मोदीले गरेको उक्त पोस्टमा "राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका अध्यक्ष श्री रवि लामिछानेलाई भेट्न पाउँदा खुसी लाग्यो। साझा र समृद्ध भविष्यको लागि मिलेर काम गर्ने उहाँको इच्छालाई म स्वागत गर्दछु र पूर्ण रूपमा साझा गर्दछु।" भनेका छन्।

उनले अघि थपेका छन्, "हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल एक प्राथमिकता साझेदार हो र हामी हाम्रा दुई देशहरू बीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौं।"






प्रतिक्रिया