आश तमु / सरकारले दोस्रो चरणको स्थानीय तहको निर्वाचन तोकिएको मिति भन्दा ९ दिन पछाडि सारेको छ । अब दोस्रो चरणको स्थानीय तहको निर्वाचन असार ९ गते गर्ने निर्णय भएको छ ।
राष्ट्रिय जनता पार्टीलाई समेत निर्वाचनमा सहभागी गराउने उद्धेश्यले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय मन्त्रिपरिषद्को सोमबारको बैठकले गरेको हो ।
आइतबार साँझ बालुवाटारमा बसेको प्रमुख दलहरुका शीर्ष नेताहरुको बैठकमा चुनावको मिति केही दिन सार्ने समझदारी भएको थियो ।
यसै सङगै पहिलो निर्वाचनले गर्दा सरेको कक्षा ११को वार्षिक परीक्षा दोस्रो चरणको मिति जेष्ठ ३१ गते हुने निर्णय पछी जेष्ठ ८ गते परीक्षा तालिका परीक्षा बोर्डले सार्वजनिक गरेको थियो।तर फेरी जेष्ठ ९ गतेबाट दोस्रो चरणको निर्वाचन गर्ने सरकारको निर्णय पछी कक्षा ११ वार्षिक परीक्षा हुने नहुनेमा अलमल परेको छ।यसले गर्दा लाखौ बिधार्थी मानसिक तनावमा परेको छ।