वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई सर्वोच्चले पनि दियो सफाइ, उच्चकै फैसला सदर

वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई सर्वोच्चले पनि दियो सफाइ, उच्चकै फैसला सदर


  • जनसञ्चार डट कम संवाददाता
  • मंगलबार, १९ जेष्ठ २०८३
  • 1.1K
    Shares

जिल्ला न्यायाधीश भुवन गिरी

पोखरा, १९ जेठ २०८३।

वैवाहिक बलात्कारको मुद्दामा दार्चुलाका जिल्ला न्यायाधीश भुवन गिरीले सर्वोच्च अदालतबाट पनि सफाइ पाएका छन्।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले मंगलबार गिरीलाई सफाइ दिने उच्च अदालत पाटनकै फैसला सदर हुने ठहर गरेको हो।

त्यसअघि जिल्ला अदालत काठमाडौँले २०८१ जेठमा दोषी ठहर गर्दै सात वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको सजाय तोकेको थियो। जिल्लाको फैसलाविरुद्ध उच्च अदालत गएका गिरीले त्यहाँबाट सफाइ पाएका थिए। 

गिरीलाई उनकै पूर्वपत्नी आरती रावल गिरीले बलात्कारको आरोप लगाएकी थिइन्। उक्त मुद्दामा उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर र डिल्लिरत्न श्रेष्ठको संयुक्त इजलासले २०८१ चैत ३१ गते सफाइ दिएको थियो। 

पूर्वपत्नीको जाहेरीपछि प्रहरीलाई उनलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो। जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएपछि उनी धरौटीमा रिहा भएका थिए। उच्च अदालत पाटनले पनि उनलाई धरौटीमा रिहा गर्ने आदेश सदर गरेको थियो।

तर २०८० चैत २१ गते सर्वोच्च अदालतले जिल्ला र उच्चको आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। उच्च अदालतले सफाइ दिएपछि उनी न्यायाधीशकै जिम्मेवारीमा फर्किएका थिए।

यता मंगलबार सर्वोच्चमा सुनुवाइ भइरहँदा आरती रावलले भने पेटिकोट मात्रै लगाएर सर्वोच्च पुगेकी थिइन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया