सशस्त्र प्रहरीका सात जना एसपीहरुको एसएसपीमा बढुवा

सशस्त्र प्रहरीका सात जना एसपीहरुको एसएसपीमा बढुवा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २५ बैशाख २०८३
  • 1.4K
    Shares

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय

पाेखरा, २५ बैशाख २०८३ ।

 गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका सात जना उपरीक्षक (एसपी)लाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गरेको छ ।

गत वैशाख ११ गते बसेको बढुवा समितिको बैठकले रिक्त सात जना एसपीहरुलाई एसएसपी बढुवाका लागि सिफारिस गरेको थियो ।

बढुवा हुनेमा दीपककुमार थापा, सुधीर सुबेदी, महेश केसी, प्रकाशकुमार सुबेदी, चित्रांगत दाहाल, सुभाष भण्डारी र प्रदीपसिंह कार्की रहेका छन् ।

यसअघि आजै गृह मन्त्रालयले सशस्त्र प्रहरीका ६ जना वरिष्ठ उपरीक्षक ९एसएसपी०लाई नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गरेको छ ।

गत वैशाख ११ गते बसेको बढुवा समिति बैठककै सिफारिसका आधारमा ६ जना एसएसपी डीआईजीमा बढुवा भएका छन् ।

बढुवा भएका सबैलाई सोमबार सशस्त्र प्रहरीको मुख्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरिने छ ।

उनीहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले फुली लगाइदिने भएका छन् ।

प्रतिक्रिया