पाेखरा, २४ बैशाख २०८३ ।
तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट राष्ट्रियसभा सदस्य रहेका जगतबहादुर पार्कीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। कैलाली जिल्ला अदालतले बैंकिङ कसुरको मुद्दामा पार्की विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
सांसद पार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी, योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
डडेल्धुराको आलिताल गाउँपालिका–७ स्थायी ठेगाना भएका पार्कीविरुद्ध धनगढी उपमहानगरपालिका–३ का नरेशबहादुर थापाले बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर गरेका थिए ।