रोल्पा जिप दुर्घटना अपडेट : मृतक सबैको भयो सनाखत, मृत्यु हुनेमा पूर्वी रुकुमका एकै परिवारका सात जना

रोल्पा जिप दुर्घटना अपडेट : मृतक सबैको भयो सनाखत, मृत्यु हुनेमा पूर्वी रुकुमका एकै परिवारका सात जना


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १८ बैशाख २०८३
  • 1.6K
    Shares

पोखरा, १८ बैशाख २०८३।

रोल्पा जिल्लाको थवाङ गाउँपालिका–१ स्थित जलजलामा भएको जिप दुर्घटनामा परेर मृत्यु भएका सबैको पहिचान खुलेको छ। सो दुर्घटनामा परेर मृत्यु हुनेहरुमा एकै परिवारका सात जना पनि छन्।

  • १. गोर्ख बहादुर बुढाथोकी (३२ वर्ष)
  • २. तिलकुमारी बुढाथोकी (५३ वर्ष)
  • ३. युवा बुढाथोकी (२८ वर्ष)
  • ४. दिव्यन बुढाथोकी (१० वर्ष)
  • ५. सृजना बुढाथोकी (२४ वर्ष)
  • ६. सुदीप बुढाथोकी (१३ वर्ष)
  • ७. ओमकुमारी बुढाथोकी (४० वर्ष)
  • ८. मीना कामी (६० वर्ष)
  • ९. लक्ष्मी शाह (६० वर्ष)
  • ११. टेकप्रशाद बस्नेत
  • १२. दोरपती जिसी (५४ वर्ष)
  • १३. तिला जिसी (३२ वर्ष)
  • १४. जेनिस जिसी (७ वर्ष)
  • १५. जेनिसा जिसी (१२ वर्ष)
  • १६. एलिना जिसी (२५ वर्ष)
  • १७. संयोग जिसी (७ वर्ष)
  • १८. यमबहादुर जिसी (उमेर नखुलेको)
  • १९. धनमाया विष्ट शान्तिनगर, दाङ (हाल: सिस्ने–५, रुकुम पूर्व)
  • २०. बेदु कामी (४२ वर्ष) – सवारी चालक
  • समिर कामी (३२ वर्ष) – सिस्ने–५, रुकुम पूर्व
  • (जिपको छतबाट हाम फालेर बाँच्न सफल, उपचारपछि घर फर्किएका)

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार मृत्यु हुनेहरूमा रुकुम पूर्व सिस्ने गाउँपालिका–५ टाकुराका ३२ वर्षीय गोर्ख विक, ५३ वर्षीया तिलकुमारी बुढाथोकी, २८ वर्षीय युवा बिसी, १० वर्षीय दिव्यन बिसी, २४ वर्षीया सृजना बुढाथोकी, १३ वर्षीया सुदीप बुढाथोकी र ४० वर्षीया ओमकुमारी बुढाथोकी रहेका छन् ।

त्यसैगरी दाङको घोराही उपमहानगरपालिका–१५ रतनपुर बस्ने ५४ वर्षीया दोरपती जिसी, ३२ वर्षीया तिला जिसी, ७ वर्षीया जेनिस जिसी, १२ वर्षीया जेनिसा जिसी, २५ वर्षीया एलिना जीसी, ७ वर्षका संयोग जिसी तथा उमेर नखुलेका यमबहादुर जिसी र घोराही–१३ बस्ने धनमाया बिष्ट रहेका छन्।

साथै दाङकै शान्तिनगर गाउँपालिका घर भई हाल सिस्ने(५ मा वस्ने सवारी चालक ४२ वर्षीय बेदु कामी, सिस्ने–५ की ६० वर्षीया मीना कमिनी र ६० वर्षीया लक्ष्मी शाह एवम् रुकुम पूर्वकै भुमे गाउँपालिका–५ का टेक प्रसाद बस्नेत र सिस्ने–५ कै २७ वर्षीया रुपमिना बस्नेत रहेका छन् । घटनास्थल अप्ठेरो पहरामा भएकाले शव संकलन कार्यमा ढिला भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया