एजेन्सी, आधा अष्ट्रेलियाली र आधा जर्मन मूलकी युवती किमले कलेज शुल्क तिर्नका लागि आफ्नो कुमारित्व लिलामीमा राखेकी छिन् । यो लिलामीका लागि उनले आफ्नी आमा हेली विलागूबी र पिता फिलिप स्कोफिल्डसँग पनि अनुमती लिएकी छिन् । मिडिया रिपोर्टका अनुसार १८ वर्षीया किमको कुमारित्व लिलामीको सुरुवात ८६ हजार ६ सय ४० पाउन्ड (लगभग १ करोड १६ लाख रुपैयाँ ) राखिएको छ ।
किमले आफ्नो कुमारित्व लिलामीका लागि एक एस्कर्ट एजेन्सीसँग सम्पर्क गरिन् । वेबसाइटका अनुसार ती व्यक्तिसँग अहिलेसम्म ३ सयभन्दा बढि कुमारी युवतीको आग्रह आइसकेको छ । यी युवती अष्ट्रेलिया, युरोप, उत्तर र दक्षिणी अमेरिका, इस्लामिक र एशियाली देशबाट छ ।
किमसँग आफ्नो शुल्कको रुपमा लिलामीमा आएको मूल्यको २० प्रतिशत पार्टनरशिपको शर्त वेबसाइटले राखेको छ । वेबसाइटको भनाई अनुसार यसका लागि उनले मेडिकल जाँच पनि गराएकी छिन् जसमा किम कुमारी भएको बताइएको छ ।
बेलायती अखबार द सनका अनुसार किमको पढाई खर्च व्यवहोर्नका लागि उनको परिवारले निकै मेहनत गर्नु परेकोले आफ्नो कुमारित्व बेच्न लागेको बताएकी छन् । आफ्नो कुमारित्व बेचेको पैसाले किमले जर्मनी र भियनामा पढाई गर्नेछिन्, फ्ल्याट र कार खरिद गर्नेछिन् । साथै, ती पैसाले कलेजको शुल्क तिर्नेछिन् ।
किमका अनुसार उनी रोमन मोडलले अलेक्जेन्डर खेफरेनसँग प्रभावित भएर यो निर्णय लिएकी थिइन् । अलेक्जेन्डरले पनि आफ्नो कुमारित्व एस्कर्ट एजेन्सीमा नै लिलामी गरेकी थिइन् । अलेक्जेन्डरको कुमारित्व हंगकंगका व्यापारीले खरिद गरेका थिए । यसका लागि उनले ८० लाख पाउन्ड तिरेका थिए ।