सेवा बन्द गरेर मुस्ताङ भन्सारका कर्मचारी काठमान्डौं हिंडे

सेवा बन्द गरेर मुस्ताङ भन्सारका कर्मचारी काठमान्डौं हिंडे


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १ बैशाख २०८३
  • 4K
    Shares

मुस्ताङको नेचुङ भन्सार कार्यालय

पोखरा , १ बैशाख २०८३।

सेवा बन्द गरेर मुस्ताङ भन्सारका कर्मचारी काठमान्डौं हिंडेका छन्।

आफूहरु असुरक्षित महशुस भएको भन्दै मुस्ताङको लोमान्थाङ—२ नेचुङस्थित मुस्ताङ भन्सार कार्यालयका कर्मचारीहरु सेवा बन्द गरेर काठमान्डौ हिंडेका हुन्।

मुस्ताङ भन्सार कार्यालयका भन्सार प्रमुख रमेश खड्काले आफूहरुमाथि भौतिक आक्रमण भएको जिकिर गर्दै ज्यान भन्दा ठुलो जागिर हुन नसक्ने बताएका छन् । स्थानीयको आन्तरिक समस्या भन्सार कार्यालयसंग सम्वन्धित नरहेको उनको भनाई छ ।

मुस्ताङ् भन्सार कार्यालयका कर्मचारीप्रति स्थानीय जनताको आक्रोश

प्रतिक्रिया