पेट्रोल, डिजेलमा फेरि पनि भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो

पेट्रोल, डिजेलमा फेरि पनि भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २७ चैत्र २०८२
  • 3.5K
    Shares

पोखरा , २७ चैत २०८२।

नेपाल आयल निगमले बिहीबार रातिदेखि पुनः पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर १७ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँले मूल्य बढाएको हो । 

पश्चिम एसिया अशान्तिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धि र संकटको प्रभाव नेपाली भान्सासम्मै देखिएको हो । यसपटक निगमले खाना पकाउने ग्यासको पनि मूल्यवृद्धि गरेको छ । यसअनुसार प्रतिसिलिन्डर १०० रुपैयाँ बढेको छ । त्यसैगरी हवाइ इन्धन आन्तरिकतर्फ ६ रुपैयाँले मूल्य बढेको छ । 

योसँगै पेट्रोल प्रतिलिटर २१९, डिजेल मट्टितेल २०७ रुपैयाँ पुगेको छ । एलपी ग्यासको १४.२ किलोको २०१० रुपैयाँ र ७.१ किलोको १००५ रुपैयाँ पुगेको छ । त्यस्तै हवाइ इन्धन आन्तरिकतर्फको २५७ रुपैयाँ प्रतिलिटर कायम गरिएको निगमले जनाएको छ । 

खुद्रा बिक्री मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिक रुपमा ७ अर्ब ८१ करोड घाटा हुने दाबी गरिएको छ । सरकारले इन्धनको भन्सार शुल्क र पूर्वाधार विकास करमा २४ गतेदेखि ५० प्रतिशत छुट दिएपछि नयाँ मूल्य सार्वजनिक गरेको हो । 

हेर्नुस मुल्यसुची

प्रतिक्रिया