पोखरा सभागृहचोक घटना : घाइते महिलाको मृत्यु

पोखरा सभागृहचोक घटना : घाइते महिलाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २६ चैत्र २०८२
  • 10K
    Shares

पोखरा , २६ चैत २०८२।

पोखराको मुटु सभागृह चोकमा बुधबार साँझ सात बजे धारिलो हतियार प्रहार गरी घाइते बनाइएकी महिलाको मृत्यु भएको छ।

मोटरसाइकलमा आएका युवाहरुले धारिलो हतियार प्रहार गरी घाइते बनाइएकी पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनकी ४२ वर्षीया सिर्जना पौडेल केसीको मृत्यु भएको हो।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी सिर्जनालाई तत्काल उद्धार गरेर उपचारार्थ गण्डकी मेडिकल कलेज पुर्याइएकोमा चिकित्सकहरुले मृत घोषणा गरेको प्राप्त समाचारमा जनाइएको छ। ,

प्राप्त घटना विवरण अनुसार , सभागृहचोकमा हिडिरहेकी उनलाई मोटरसाइकलमा आएका युवाहरुले बुधबार साँझ सात बजे पछाडिबाट धारिलो हतियार प्रहार गरी भागेका थिए। आक्रमणपश्चात उनको चिच्याहटले अन्य मानिसहरुले थाहा पाएका थिए र प्रहरीलाई खबर गरी उपचारका लागि अस्पताल पठाईएको थियो।

प्रतिक्रिया