पत्रकार विकाश भट्टराई रिहा

पत्रकार विकाश भट्टराई रिहा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ जेष्ठ २०७४
  • 15.8K
    Shares

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका कार्य समिति सदस्य एवं जनता टेलिभिजनका गोर्खाका सम्वाददाता विकास भट्टराई तारेखमा छुटेका छन् । उनी आईतबार जिल्ला प्रशासन कार्यालय गोर्खामा उपस्थित हुने गरी तारेखमा छुटेका हुन् । उनले जिलला प्रशासन कार्यालय गोर्खाले माग गरेको एकहजार पाँचसय रुपियााँ धरौटी पनि जिलला प्रशासन कार्यालय गोर्खामा बुझाएक्ा छन् ।

उनलाई प्रहरीले करीब एकहप्ताअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको एक कार्यक्रममा समाचार संकलन गरी फर्किएर नेपाल पत्रकार महासंघ गोर्खाका अध्यक्ष किशोरजङ्ग थापासँग आपसमा व्यक्तिगत कुराकानी गरिरहेको अवस्थामा गिरफ्तार गरेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय गोर्खाको हिरासतमा राखेर केही सार्वजनिक अपराध सम्बन्धि मुद्दा दर्ता गरिएको थियो ।

समाचार संकलनका क्रममा रहेका पत्रकार विकास भट्टराईलाई प्रहरीले पक्राउ गरेपछि त्यसको व्यापक विरोध भएको थियो । त्यस पक्राउको विरोधमा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, तथा ललितपुर शाखा र क्रान्तिकारी पत्रकार संगठन केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी पक्राउको कडा निन्दा गरेका थिए भने तुरुन्त विना शर्त रिहका लागि माग पनि गरेका थिए । विशेष गरेर उनको रिहाईका लागि नेपाल पत्रकार महासंघ गोर्खाका अध्यक्ष किशोरजङ्ग थापा र निवर्तमान अध्यक्ष भीमलाल श्रेष्ठले विशेष पहल गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार