जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप : पाँच जना घाइते

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप : पाँच जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २६ चैत्र २०८२
  • 1.4K
    Shares

पोखरा , २६ चैत २०८२।

कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला कारागारमा बुधबार झडप हुँदा पाँच कैदीबन्दी घाइते भएका छन् ।

कारागारभित्र कैदीबन्दीबीच एकापसमा झडप हुँदा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २३ वर्षीय ओमप्रकाश घरेडी, शुक्लाफाँटा–११ का १९ वर्षीय भुवन नाथ र सोही ठाउँका २६ वर्षीय भुवन ऐर घाइते भएको प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले जानकारी दिए ।

त्यसैगरी, झडपमा परी भीमदत्त नगरपालिका–७ का २५ वर्षीय आयुष बम र बेलौरी नगरपालिका–८ का २६ वर्षीय राजु दमाई समेत घाइते भएका छन् ।

घाइते कैदीबन्दी लागूऔषध र चाेरी मुद्दाका कैदी तथा बन्दी भएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रमुख एसपी खड्कबहादुर खत्रीले बताए । उनीहरू महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । बुधबार झडप गर्ने समूहबीच यसअघि पनि झडप भएको थियोे ।

अहिले कारागारको अवस्था सामान्य भइसकेको प्रहरी निरीक्षक थापाले बताए । झडपपछि कारागारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया