कञ्चनपुर बिद्युतका प्रमुख दास एकलाख ४० हजार रुपियाँ घुससहित पक्राउ

कञ्चनपुर बिद्युतका प्रमुख दास एकलाख ४० हजार रुपियाँ घुससहित पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २४ चैत्र २०८२
  • 2.1K
    Shares

पोखरा , २४ चैत २०८२।

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दास घुस रकमसहित रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीको टोलीले प्रमुख इन्जिनियर दासलाई एकलाख ४० हजार रुपैयाँ घुससहित आज सप्तरीको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १  भारदहबाट पक्राउ गरेको हो।

आयोगका सूचना अधिकारी रोशन अर्यालका अनुसार,चार्जिङ्ग स्टेशन सञ्चालनका लागि ट्रान्सफर्मर जडान गरी लाइन छाडिदिने बहानामा सेवाग्राहीसँग घुस मागिरहेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

उनलाई सेवाग्राहीसँग घुस घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो। पक्राउ परेका दासमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया