आगामी बिहिबारसम्म ओली र लेखकबिरुद्धको अनुसन्धान पूरा गर्न सर्बोच्च अदालतले दियो परमादेश (आदेशसहित)

आगामी बिहिबारसम्म ओली र लेखकबिरुद्धको अनुसन्धान पूरा गर्न सर्बोच्च अदालतले दियो परमादेश (आदेशसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २४ चैत्र २०८२
  • 1.9K
    Shares

पोखरा , २४ चैत २०८२।

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथी २६ गते भित्र अनुसन्धान गरिसक्न आदेश दिएको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलाशले उनीहरुलाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ। ओली र लेखकलाई २६ गते भित्र अनुसन्धान गरिसक्न वा आउने बिहिबार चैत २६ गतेभित्र अनुसन्धान टुङ्गिन नसके उनीहरूलाई थुनामुक्त गर्नू भनेको छ ।

सर्वोच्चले भनेको छ, ` ओली र लेखकलाई फौजदारी कार्यविधी सहिताको प्रक्रिया पूरा गरि हिरासतमुक्त गरि थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरि जे जो गर्नू गराउनु ।´

न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले सोमबार यस्तो आदेश दिएको हो।

अदालतले उनीहरूको पक्राउलाई गैरकानुनी नभने पनि विभिन्न चार वटा मुख्य कारण देखाउँदै थुना बाहिरै राखेर अनुसन्धान गर्न सरकारलाई आदेश दिएको हो । पितृशोक र धार्मिक संस्कार सर्वोच्चको आदेशमा केपी शर्मा ओली र रमेश लेखक दुवैजना आफ्ना माता-पिताको निधनपश्चात्को ‘आशौच’ (जुठो) मा रहेको कुरालाई मानवीय आधारका रूपमा लिएको छ। यस्तो संवेदनशील अवस्थामा थुनामा राखिरहनु उचित नहुने अदालतको ठहर छ।

केपी ओलीको जटिल स्वास्थ्य अवस्था निवेदकमध्येका ओली गम्भीर बिरामी भई त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भर्ना भएको र विशेष मेडिकल टिमको प्रत्यक्ष निगरानीमा उपचाररत रहेको अस्पतालको पत्रलाई अदालतले रिहाइको प्रमुख आधार बनाएको छ।

समान व्यवहारको सिद्धान्त सोही घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) छविलाल रिजाललाई यसअघि नै हाजिर जमानीमा छाडिसकिएको तथ्यलाई अदालतले स्मरण गराएको छ।

एउटै प्रकृतिको मुद्दामा अरुलाई छाडिएको अवस्थामा ओली र लेखकलाई मात्र थुनामा राख्नु न्यायोचित नहुने आदेशमा उल्लेख छ। अनुसन्धानको प्रगति र बयान सम्पन्न अदालतले मिसिल अध्ययन गर्दा अभियुक्तहरूको बयान कार्य लगायत अनुसन्धानका मुख्य कार्यहरू सम्पन्न भइसकेको देखिएको जनाएको छ। बयान भइसकेको र प्रमाण नष्ट हुने अवस्था नरहेकाले उनीहरूलाई हिरासतमा राखिरहनु आवश्यक नदेखिएको अदालतको राय छ।

भदौ २३ को जेनजी आन्दोलनमा १९ जनाको ज्यान जानेगरी बल प्रयोग भएको र त्यसलाई रोक्न प्रयास नभएको आरोपमा १४ चैतमा ओली र लेखक पक्राउ परेका थिए । प्रहरीले ज्यान मुद्दाको कसुरमा उनीहरूलाई जिल्ला अदालत काठमाडौंको अनुमतिमा थुनामा राख्दै आएको छ ।

प्रतिक्रिया