कपिलबस्तुमा सुरक्षाकर्मीले चलाएको गोली लागेर गम्भीर घाइते भएका युवकको १६ दिनपछि मृत्यु

कपिलबस्तुमा सुरक्षाकर्मीले चलाएको गोली लागेर गम्भीर घाइते भएका युवकको १६ दिनपछि मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २३ चैत्र २०८२
  • 4.1K
    Shares

पोखरा , २३ चैत २०८२।

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–वरगदा घटनामा सुरक्षाकर्मीको गोली लागेर गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। 
 
महाराजगञ्ज नगरपालिका–भुटहनियाका २२ वर्षीय जितेन्द्र यादवको उपचारको क्रममा आज बिहान चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्र कुमार सिंहले जानकारी दिए । 

गएको चैत ७ गते वरगदा गाउँमा हिन्दु–मुस्लिम समुदायबीचको झडपलाई स्थितिमा नियन्त्रण लिने क्रममा सुरक्षाकर्मीले चलाएको गोली पेटमा लागेर गम्भीर घाइते भएका यादबको चितवन मेडिकल कलेजमा उपचार हुँदै आएको थियो।

डीएसपी सिंहले अवस्था नियन्त्रणमा लिन नेपाल प्रहरी र शशस्त्र प्रहरीले फायरिङ गरेको बताउँदै उनलाई कस्को गोली लाग्यो भन्ने अनुसन्धानकै क्रममा रहेको बताए। 

प्रतिक्रिया