हावाहुरीकाकारण फेवातालमा फँसेका ११ जनालाई ससश्त्र प्रहरीको उद्धार टोलीले गर्यो उद्धार

हावाहुरीकाकारण फेवातालमा फँसेका ११ जनालाई ससश्त्र प्रहरीको उद्धार टोलीले गर्यो उद्धार


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २२ चैत्र २०८२
  • 3.7K
    Shares

पोखरा , २२ चैत २०८२।

हावाहुरीकाकारण फेवातालमा फँसेका ११ जनालाई ससश्त्र प्रहरीको उद्धार टोलीले उद्धार गरेको छ।

फेवातालको बीच भागमा स्ट्यान्डिङ प्याडल बोटमा बसेर बोटिङ‍ गरिरहेका ११ जना अचानक आएको हावाहुरीकाकारण अलपत्र परे पछि ससश्त्र प्रहरीको उद्धार टोलीले उद्धार गरेको हो ।

उद्धार गरिएकामा तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ बस्ने १९ वर्षीय सागर भुजेल, २० वर्षीय सुमन चौधरी, पोखरा महानगरपालिका–३३, बागमारा बस्ने २१ वर्षीया सलिना पुन, म्याग्दी जिल्लाको अन्नपूर्ण–३, बाग्लुङ बस्ने २१ वर्षीया सन्जिता पुन, २० वर्षीया सुमिना तामाङ, २२ वर्षीया सुष्मा पुन, २० वर्षीया संजिता मगर, १९ वर्षीया रिया मगर, भारतको नयाँ दिल्ली घर बताउने २८ वर्षीय आयान, २८ वर्षीय अश्लाम र २६ वर्षीय स्याडब रहेका छन्। 

उनीहरू  तालमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक विशाल घर्तीमगरको कमान्डको टोलीले उनीहरूको सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

प्रतिक्रिया