पोखरा , २२ चैत २०८२।
बिभिन्न बिषयमा बिभिन्न व्यक्तिहरुलाई पटक – पटक मुद्दा हालेर चर्चामा आइरहने युवराज सफल भनिने युवराज पौडेल फेरि पक्राउ परेका छन्।
अन्तर्वार्ताका क्रममा महान्यायाधिवक्तामाथि अपशब्द प्रयोग गरेको आरोपमा उनी फेरि पक्राउ परेका हुन्।
अभियुक्त सफलविरुद्ध अभद्र अभिव्यक्ति दिएको आरोपमा साइबर अपराधको मुद्दा लगाई अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।