आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा सात नेपाली र पांच भारतीय घाइते

आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा सात नेपाली र पांच भारतीय घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २१ चैत्र २०८२
  • 2.8K
    Shares

पोखरा , २१ चैत २०८२।

संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीस्थित अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले ड्रोन र मिसाइल अवरोध गरेपछि खसेको अवशेष लागेर सात नेपाली र पांच भारतीय नागरिक घाइते भएका छन् ।

घाइते छ नेपाली मध्ये एक नेपालीको अवस्था गम्भीर रहेको र अन्यको अवस्था मध्यम रहेको गल्फ्न्युज डट कमले समाचार लेखेको छ। घाइतेहरुको नामावली भने सार्वजनिक भएको छैन । सो घटनामा पांच जना भारतीय नागरिक पनि घाइते भएका छन् ।

संयुक्त अरब इमिरेट्स रक्षा मन्त्रालयले हवाई सुरक्षा प्रणालीले मिसाइल र मानवविहीन ड्रोनहरू सफलतापूर्वक अवरोध गरेको जनाएको छ । ती अवरोधका क्रममा खसेका अवशेषले अज्बान क्षेत्रका विभिन्न स्थानमा क्षति पुर्‍याएको बताइएको छ ।

घटनापछि आपतकालीन उद्धार टोली तत्काल परिचालन भई प्रभावित क्षेत्रमा सुरक्षात्मक व्यवस्था कडा पार्नुका साथै घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया