गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका एसएसपी कार्कीका भान्छे मृत भेटिए

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका एसएसपी कार्कीका भान्छे मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १९ चैत्र २०८२
  • 15.6K
    Shares

पोखरा , १९ चैत २०८२।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत् बरिष्ठ प्रहरी उपरॆक्षक (एसएसपी ) तुलबहादुर कार्कीका भान्छे मृत भेटिएका छन्।

एसएसपी कार्कीको भान्छेको रुपमा कार्यरत प्रहरी परिचर ४१ वर्षीय दिलिप पाध्याय बुधबार कार्कीको राष्ट्रबैंकचोक नजिकस्थित सरकारी निवास नजिक मृत्त भेटिएका हुन्।

तनहुँ जिल्लाको बन्दीपुर घर भएका प्रहरी परिचर पाध्या रुखमा झुन्डिएको अवस्थामा भेटिएको समाचार स्रोतहरुले जानकारी दिएका छन्। यस घटनाका बारेमा आधिकारिक रुपमा कुनै जानकारी दिएको छैन।

उनले किन झुन्डिएर ज्यान त्याग्ने निर्णय गरे भन्ने बारेमा बिस्तृत विवरण प्राप्त हुन सकेको छैन।

प्रतिक्रिया