नेपाल आयल निगमले हवाई इन्धनमा व्यापक मूल्य बढाएकाे छ । निगमले एक विज्ञप्ति जारी गर्दै आज मध्यराति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएकाे हाे ।
आज राति १२ बजेपछि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखी हवाई इन्धनको मूल्य बढाइएको निगमले जनाएको छ ।
निगमका अनुसार हवाई इन्धन (आन्तरिकतर्फ) हाल १२७ रुपैयाँ प्रतिलिटर रहेकोमा बढाएर प्रतिलिटर २५१ रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, अन्तर्राष्ट्रियतर्फ काठमाडौंमा प्रतिकिलोलिटर ९६६ डलर रहेकोमा १७८५ डलर, पोखरामा ८०१ डलर रहेकोमा १७३२ डलर र भैरहवामा ७८९ डलर रहेकोमा १७१६ डलर कायम गरिएको छ ।
हवाई इन्धनको झन्डै दोब्बरले बढेको छ । नेपाल आयल निगमले मंगलबार गरेको समायोजनमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फको उडानमा झन्डै दोब्बर बढ्नेगरी मूल्य समायोजन गरेको छ ।
मंगलबार सार्वजनिक निगमको प्रेस विज्ञप्तिअनुसार हवाई इन्धनको मूल्य आन्तरिकतर्फ साविक १२७ प्रतिलिटर रहेकामा समायोजन गरेर २५१ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ ।
यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंमा यसअघि प्रति किलोलिटर ९६६ अमेरिकी डलर रहेकामा नयाँ समायोजनअनुसार एक हजार ७८५ डलर पुगेको छ ।
यस्तै पोखरामा यसअघि प्रतिकिलो लिटर ८०१ डलर रहेकामा बढाएर एक हजार ७३२ डलर पुग्दा भैरहवामा एक हजार ७१६ डलर पुर्याइएको छ । भैरहवामा यसअघि प्रतिकिलो लिटर ७८९ डलरमा कारोबार भइरहेको थियो ।
