एमालेद्वारा देशव्यापी प्रदर्शन कार्यक्रम घोषणा : सरकारी दमनका विरुद्ध प्रतिवाद गर्न एमालेको आह्वान

एमालेद्वारा देशव्यापी प्रदर्शन कार्यक्रम घोषणा : सरकारी दमनका विरुद्ध प्रतिवाद गर्न एमालेको आह्वान


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १७ चैत्र २०८२
  • 3.2K
    Shares

पोखरा , १७ चैत २०८२।

नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी प्रदर्शन कार्यक्रम घोषणा गरेको छ ।

मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले चैत २४ गतेदेखि पार्टीका विभिन्न कमिटीमार्फत देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको हो।

आउने चैत २४ गते सबै जिल्ला कमिटीमा वृहत कार्यकर्ता भेला आयोजना गर्ने र त्यसपछि पालिका, वडा, प्रदेश हुँदै राजधानी केन्द्रित प्रदर्शनका कार्यक्रम गर्ने निर्णय भएको पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिए। आउने वैशाख ३ गते वडा तहमा भेला, ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन प्रदर्शन गर्ने कार्यक्रम तय भएको एमालेले बताएको छ ।

उक्त बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय पनि गरेको छ ।  बैठकले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । 

साथै बैठकले रास्वपा नेतृत्वमा सरकार बनेलगत्तै राज्य आतंकतर्फ उन्मुख भएको भन्दै संविधान,लोकतन्त्र मानवअधिकार र प्रेस स्वतन्त्रतामाथि खतरा उत्पन्न भएको ठहर गरेको छ । एमालेले सरकारी दमनका विरुद्ध एकताबद्ध भएर प्रतिवाद गर्न सबै पक्षलाई आह्वान समेत गरेको छ । 

बैठकले पार्टी अध्यक्षको गैरकानुनी गिरफ्तारीविरुद्ध कानुनी र राजनीतिक रुपले प्रतिवाद गर्ने कामलाई निरन्तरता दिने निर्णय गरेको महासचिव पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया