प्रहरीको युनिफर्म उत्पादन गर्ने कारखाना नेपालमै खोल्ने गृहमन्त्री गुरुङको घोषणा

प्रहरीको युनिफर्म उत्पादन गर्ने कारखाना नेपालमै खोल्ने गृहमन्त्री गुरुङको घोषणा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १७ चैत्र २०८२
  • 2.6K
    Shares

पोखरा , १७ चैत २०८२।

गृहमन्त्री सुधन गुरुङले प्रहरीको युनिफर्म उत्पादन गर्ने कारखाना नेपालमै खोल्ने घोषणा गरेका छन्। सोमबार नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय निरिक्षण गर्न पुगेका गृहमन्त्री गुरुङले त्यस्तो घोषणा गरेका हुन्।

प्रहरी महानिरिक्षक दानबहादुर कार्कीले ‘प्रहरीको पोशाक धान कुर्ने पालेको जस्तो रहेको‘ गुनासो गरेपछि गृहमन्त्री गुरुङले नेपाल प्रहरीकै लगानीमा देशकै कुनै ग्रामिण क्षेत्रमा स्थानीय जनतालाई रोजगारी मिल्ने गरी प्रहरीको युनिफर्म उत्पादन गर्ने कारखाना खोल्ने बचन दिए। उनले अघि भने,”अरु देशको प्रहरीको युनिफर्म हेर्दै अनुसन्धान गर्ला जस्तो देखिन्छ। तर हाम्रो प्रहरीको युनिफर्म खुइलिएको जस्तो देखिन्छ।

काठमाडौँ र अन्य ठूला सहरमा हुलदंगा नियन्त्रण गर्न प्रहरीलाई आवश्यक सुरक्षा सामग्रीबिना नपठाउने गुरुङले बताएको निरीक्षण सम्बोधनमा सहभागी एक प्रहरी अधिकृतले जानकारी दिए । जेनजी प्रदर्शनमा कमजोर तयारीका साथ खटिँदा सुरक्षामा चुक भएको जाँचबुझ आयोगको ठहर छ ।

प्रतिक्रिया