पूर्व उर्जामन्त्री खड्कालाई सात दिन हिरासतमा राख्न अदालतले दियो अनुमति 

पूर्व उर्जामन्त्री खड्कालाई सात दिन हिरासतमा राख्न अदालतले दियो अनुमति 


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १६ चैत्र २०८२
  • 2.9K
    Shares

पोखरा , १६ चैत २०८२।

पूर्व उर्जामन्त्री एबम नेपाली कांग्रेसका नेता दीपक खड्कालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । 

सम्पत्ति शुद्धिकरण सम्बन्धि कसुरमा आइतबार बिहानै पक्राउ परेका पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई काठमाडौं जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

जेनजी आन्दोलनको क्रममा गएको भदौ २४ गते खड्काको घरमा बरामद भएको रकमको अनुसन्धान गर्न  नियन्त्रणमा लिइएको गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए ।

खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन समेत गरेको थियो ।

जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि उनको घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थियो । कतिपय सग्ला नोट प्रदर्शनकारीले लगेका तस्बिर र भिडियो पनि सार्वजनिक भएका थियो ।

विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन समेत गरेको थियो ।

प्रतिक्रिया