पोखरा , १५ चैत २०८२।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तीन जना पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन शुरु गरेको छ।
सम्पत्ति शुद्धीकरण विभागले पत्राचार गरेर पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)को सम्पत्ति छानबिन गर्न भनेपछि सीआईबीले उनीहरुको सम्पत्ति छानबिन शुरु गरेको हो ।
विभागकै पत्राचार बमोजिम सीआईबीले नेपाली कांग्रेसका नेता एबम पूर्वउर्जा मन्त्री दीपक खड्कालाई पक्राउ गरेर सम्पत्ति शुद्धिकरण सम्बन्धि मुद्दामा अनुसन्धान शुरु गरिएको सीआईबीका एआईजी डा. मनोज केसीले जानकारी दिए। डा. तीन पूर्वप्रधानमन्त्रीको हकमा भने केही बोल्न चाहेनन् ।
यसअघि जेनजी आन्दोलन हुँदा शेरबहादुर देउवाको घरमा पैसा भेटिएको विषय सार्वजनिक भएको थियो । त्यसपछि विभागले देउवा निवासमा पुगेर मुचुल्का समेत उठाएको थियो । प्रचण्डपुत्री गंगाको निवास र ओली निवासको समेत घटनास्थल मुचुल्का उठाएर अनुसन्धान अघि बढाएको थियो ।
अहिले त्यही अनुसन्धानलाई थप तिव्रता दिइएको हो । विभागले पत्राचारपछि अहिले यसको अनुसन्धान सीआईबीले अघि बढाएको छ ।