रास्वपा सभापति रवि लामिछानेको अर्को तारेख तोकियो

रास्वपा सभापति रवि लामिछानेको अर्को तारेख तोकियो


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १५ चैत्र २०८२
  • 3.8K
    Shares

पोखरा , १५ चैत २०८२।

काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अर्को तारेख वैशाख १४ गतेका लागि तारेख तोकेको छ ।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दामा तारेख बुझ्न आज अदालत पुगेका लामिछानेको अर्को तारेख वैशाख १४ गतेका लागि तोकेको हो जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

उनीविरुद्ध स्वर्णलक्ष्मीका छसय ९० जना बचतकर्ताले ९३ थान किटानी जाहेरी दिएका थिए । लामिछानेविरुद्ध ०८१ पुस २१ गते संगठित रुपमा सहकारीको रकम अपचलन गरेको मुद्दा काठमाडौं जिल्ला अदालतमा परेको थियो ।

गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट पांचकरोड ७८ लाख ९८ हजार चारसय ८० रुपैयाँ लगेको आरोप छ ।

रविलाई सरकारी वकिलले सो पांच करोड ७८ लाख ९८ हजार चारसय ८० रुपैयाँ बिगो माग दाबी गरेका थिए । लामिछाने अहिले थुना बाहिरै बसेर मुद्दा लडिरहेका छन् । रवि लामिछाने फागुन २१ को निर्वाचनमा चितवन-२ बाट निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया