पूर्व प्रम ओली पक्राउ प्रकरण : एमाले सचिवालय बैठक जारी, काठमाण्डौको चाबहिलमा प्रदर्शन

पूर्व प्रम ओली पक्राउ प्रकरण : एमाले सचिवालय बैठक जारी, काठमाण्डौको चाबहिलमा प्रदर्शन


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १४ चैत्र २०८२
  • 2.5K
    Shares

पोखरा , १४ चैत २०८२।

जेन जी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परे पछि त्यसको बिरोध गर्न नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ भने पार्टी कार्यकर्ताहरुको सानो झुण्डले काठमाण्डौको चाबहिलमा बिरोध प्रदर्शन गरेका छन्।

ललितपुरको च्यासलस्थित सचिवालय बैठक जारी रहेका बेला एमालेका कार्यकर्ताहरू काठमाडौंको चावहित क्षेत्रमा एमाले कार्यकर्ताहरू सडक प्रदर्शन गरिरहेका छन् ।

उनीहरूले सरकारविरूद्ध चर्को नाराबाजी गरिरहेका छन् । सरकारले शनिबार बिहानमात्रै अध्यक्ष ओलीलाई पक्राउ गरेको थियो । पक्राउ लगत्तै एमाले नेताहरूले अब सडक प्रदर्शनमा उत्रने प्रतिक्रिया दिएका थिए । त्यसपछि पार्टीले औपचारिक निर्णय गर्नका लागि बैठक गरिरहेको छ ।

सडकमा उत्रिएका एमाले कार्यकर्ताहरूले प्रतिशोधपूर्ण राजनीति बन्द गर भन्दै नारा लगाइरहेका छन् ।

प्रतिक्रिया