पूर्व गृहमन्त्री रमेश लेखक भक्तपुरको कटुन्जेस्थित आफ्नै निवासबाट पक्राउ

पूर्व गृहमन्त्री रमेश लेखक भक्तपुरको कटुन्जेस्थित आफ्नै निवासबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १४ चैत्र २०८२
  • 2.3K
    Shares

पोखरा , १४ चैत २०८२।

पूर्व गृहमन्त्री एबम नेपाली कांग्रेसका नेता रमेश लेखक भक्तपुरको कटुन्जेस्थित आफ्नै निवासबाट पक्राउ परेका छन्।

जेनजी आन्दोलन दमन प्रकरणमा कारबाही प्रक्रिया तीव्र बन्दै जाँदा पूर्व गृहमन्त्री लेखक पक्राउ परेका हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले लेखक पक्राउ परेको पुष्टि गरे ।

नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । त्यस निर्णय लगत्तै गृहमन्त्री सुधन गुरुङले रातभर सुरक्षा निकायका प्रमुखसँग तारन्तार छलफल गरेका थिए। प्रहरीले सरकारसँग आधिकारिक रुपमा लिखित आदेश माग गरेको थियो । मध्यराति कानुन मन्त्रालयका सचिवसमेतलाई नक्सालस्थित हेडक्वार्टर झिकाइएको थियो ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले अध्ययन गरेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय निवर्तमान प्रधानमन्त्री कार्कीले गरेकी थिइन् । यद्यपि सरकारले उक्त प्रतिवेदन भने आधिकारिक रुपमा सार्वजनिक गरेको छैन । तर, उक्त प्रतिवेदनको अंश भने सञ्चारमाध्यममा सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया