संसदीय दलको नेता चयन लगत्तै मन्त्री टुंग्याउन  रवि-बालेन व्यस्त

संसदीय दलको नेता चयन लगत्तै मन्त्री टुंग्याउन  रवि-बालेन व्यस्त


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १२ चैत्र २०८२
  • 3.6K
    Shares

बालेन शाह र रबि लामिछाने

पोखरा , १२ चैत २०८२।

बालेन शाह रास्वपा पार्टी संसदीय दलको नेता चयन भएको घोषणा गर्दै सभापति रबि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पार्टी सभापति रबि लामिछाने र बरिष्ठ नेता बालेन मन्त्रि चयन गर्न ब्यस्त रहेका छन् । पार्टी केन्द्रीय समिति बैठकले बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई संसदीय दलको नेता चयन गरेसंगै उनीहरु मन्त्रि चयन गर्न ब्यस्त रहेका हुन्।

संसदीय दलको नेता चयन भएका बालेनले शुक्रबार प्रधानमन्त्रीको शपथ लिदैछन् । रास्वपाले प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराउने तयारी गरेको छ । त्यसअघि रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ लनेता बालेन मन्त्री छनोटबारे छलफलमा जुट्दैछन् ।

बनस्थलीस्थित पार्टी कार्यालयमा केन्द्रीय समिति र संसदीय दलको बैठकपछि सभापति र वरिष्ठ नेता एउटै गाडीमा निस्किएका छन् । उनीहरू मन्त्रीको नाम टुंग्याउन छलफलमा जुटेका हुन् । तर उनीहरूको छलफल कहाँ हुँदैछ भन्ने खुलाइएको छैन ।

रास्वपा केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेले साहलाई दलको नेता चयन गर्न गरेको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत पारित गरिएको हो । योसँगै साह प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।

प्रतिक्रिया