भारतको हैदराबादमा सुनचाँदीका गरगहना चोरी गरेर भागेका दुई जना नेपालमा समातिए

भारतको हैदराबादमा सुनचाँदीका गरगहना चोरी गरेर भागेका दुई जना नेपालमा समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ११ चैत्र २०८२
  • 2.5K
    Shares

पोखरा , ११ चैत २०८२।

भारतको हैदराबादमा सुनचाँदीका गरगहना चोरी गरेर भागेका दुई जना नेपालमा समातिएका छन्।

भारतको हैदराबादस्थित जुविली हिल्सको रोड नम्बर २५ मा रहेका व्यवसायी पिङ्गली अनिरुद्ध रेड्डी र उनकी पत्नी दीपिका रेड्डीको घरबाट करीब दुई करोड रुपियाँ बराबरको सुनचाँदीका गरगहना चोरी गरेर भागेका दुई जना नेपालमा समातिएका हुन्।

उक्त घटनामा संलग्न रहेको आरोपमा धनगढी उपमहानगरपालिका-१२ बस्ने रुपा कुमारी सिंहलाई पक्राउ गरिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले जानकारी दिए। साेही घटनामा संलग्न अछामको ढकारी गाउँपालिका–८ बस्ने पदम जैशी पनि पक्राउ परेका छन् । जैशीलाई अछाम प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

कैलालीमा पक्राउ परेकी सिंहकाे साथबाट ६२ दशमलव ५५ ग्राम ताैल भएका सुनका बिभिन्न गरगहना, पांच सय १७.५४ ग्राम चाँदीका गरगहना र बिस्कुट, हरियो पथ्थर २.४१ ग्रामकाे एक थान, मोतिको माला एक थान बरामद गरिएको छ । उनीहरूलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको छ ।

यस्तै चाेरिएकाे सुनचाँदी लुकाएकाे अवस्थामा दिल्लीबाट कैलालीको बर्दगोरिया गाउँपालिका–१ घर भएका  कमल साउँदलाई भने भारतीय प्रहरीले नियन्त्रणमा लिएकाे छ । उनकाे काेठाबाट विभिन्न सुनचाँदीका गरगहना र बिस्कुट बरामद गरिएको छ । उनीसंगै बिली हिल्स प्रहरी र हैदराबाद सिटी टास्क फोर्सले यो गिरोहमा संलग्न अन्य सदस्यहरू रमेश बहादुर चन्द, जनक कुमार विक्रम शाही, ललित बहादुर चन्द, मदन खत्री र बोहरा सुशील समेतलाई पक्राउ गरेको बताइएको छ ।

याे घटनामा संलग्न अन्य तीन जना नेपाली भने फरार छन् । फरार हुनेमा कैलालीको बर्दगोरिया गाउँपालिका–१ बस्ने प्रकाश जैशी, श्याम जैशी र  टेक शाही रहेका छन् ।उनीहरूकाे खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया