इरानद्वारा होर्मुज क्षेत्रबाट एक नेपाली पक्राउ

इरानद्वारा होर्मुज क्षेत्रबाट एक नेपाली पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ६ चैत्र २०८२
  • 3.2K
    Shares

पोखरा, ६ चैत २०८२।

इरानले होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको छ। परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा होर्मुज क्षेत्रबाट एक नेपालीलाई पक्राउ गरेको जानकारी दिएको हो । पक्राउ परेका व्यक्तिको विषयमा विस्तृत विवरण सार्वजनिक गरिएको छैन । उनी अमृत झा रहेको बताइएको छ ।

परराष्ट्रको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले पत्रकार सम्मेलनमा होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको बताएका हुन् । होर्मुज क्षेत्रमा पानी जहाजमा काम गर्ने क्रममा ईरानले जहाजका सबै क्रु मेम्बरलाई नियन्त्रणमा लिएको थियो । सोहि क्रममा उनी पनि परेका हुन् । पक्राउ परेको विषयमा आफन्तहरूले परराष्ट्रलाई जानकारी गराएका थिए।

प्रतिक्रिया