रवि लामिछानेको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय पेश गर्न सर्वोच्चको आदेश

रवि लामिछानेको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय पेश गर्न सर्वोच्चको आदेश


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ६ चैत्र २०८२
  • 2.9K
    Shares

पोखरा, ६ चैत २०८२।

सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयसम्बन्धी सक्कल कागजात पेश गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलाशले महान्यायाधिवक्ताको कार्यालयले मातहतका जिल्ला सरकारी वकील कार्यालयलाई अभियोगपत्र संशोधनका लागि २०८२ पुस ३० गते दिइएको निकास र सोही सम्बन्धमा २०८२ माघ २ मा भएको ‘त्रुटि सच्याउने’ निर्णयको प्रतिलिपि मगाएको हो ।

महान्यायाधिवक्ता सविता भण्डारीले शुरूमा रविको मुद्दामा अभियोगपत्र संशोधनको निर्णय गरेकी थिइन् । त्यसको दुई दिनपछि अरु सबै आरोपीको हकमा पनि संशोधन हुने निर्णय गरेकी थिइन् ।

उक्त मुद्दालाई चैत ९ गतेका लागि हेर्न नमिल्ने न्यायाधीश बाहेकको इजलाशमा लगाउमा राख्न भनिएको छ ।

प्रतिक्रिया