पोखरा , ५ चैत २०८२।
प्रधानसेनापति अशोकराज सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग छलफल गरेका छन् । समसामयिक परिस्थितिका सम्बन्धमा उनले उक्त छलफल गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सैनिक मुख्यालय जङ्गीअड्डामा भएको उक्त छलफलमा पूर्व प्रधानसेनापतिहरू प्यारजङग थापा, गौरवशम्शेर राणा, राजेन्द्र क्षत्री, पूर्णचन्द्र थापा र प्रभुराम शर्मा सहभागी थिए ।