पोखरा ,४ चैत २०८२।
खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ।
केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।
काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन् । ‘शव ओरालेर फर्किने क्रममा दुर्घटना भएको हो, कुनै मानवीय क्षति भएको छैन,’ उनले भनिन्।
एकजनाको खुट्टामा चोट लागेको छ । प्रहरी घटनास्थलमा पुगिसकेको बताइएको छ ।
दुर्घटनामा मानवीय क्षति नभएको जानकारी आफूले पाएको कँडेलले बताइन् ।