पोखरा ,४ चैत २०८२।
झुटा विवरण पेश गरेर दोहोरो नेपाली नागरिकता लिएको आरोपमा पोखराबाट एक जना पक्राउ परेका छन्।
साविक रुकुम जिल्लाको कोल गाउँ विकास समिति वडा नम्बर १ घर भएका जितबहादुर पुनका छोरा हीराधन पुन झुटा विवरण पेश गरेर दोहोरो नेपाली नागरिकता लिएको आरोपमा पोखराबाट पक्राउ परेका हुन्।
अभियुक्त पुनले २०४७ फागुन २९ गते रुकुमबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएकोमा आफ्नो , नाम थर , ठेगाना , बाबुको नाम लगायतका विवरणहरु अर्कै उल्लेख गरेर २०५८ साल बैशाख २० गते जिल्ला प्रशासन कार्यालय कास्कीबाट दोश्रो नागरिकता लिएको भेटिएको प्राप्त समाचारमा जनाइएको छ। नेपालको कानूनमा नेपाली नागरिकले जुनसुकै परिस्थिति वा बहानामा झुटो विवरण पेश गरेर अर्को पटक नेपाली नागरिकता लिन नपाइने प्राबधान रहेको छ।
पक्राउ परेका पुनलाई आबश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाइएको छ।