हावाहुरीका कारण  उदयपुरमा दुई जनाको मृत्यु, पांच घाइते

हावाहुरीका कारण  उदयपुरमा दुई जनाको मृत्यु, पांच घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३ चैत्र २०८२
  • 2.6K
    Shares

पोखरा , ३ चैत २०८२।

हावाहुरीका कारण  उदयपुरको कटारीमा दुई जनाको मृत्यु भएको छ भने पांच जना घाइते भएका छन्।

सोमबार वेलुकीको हावाहुरीवाट उदयपुरको कटारी  नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार कटारी–५ स्थित राधा कृष्ण मन्दिर नजिक रहेको खाजा घरमा  हावाहुन्डरीका कारण रुख ढलेर चौधरीको मृत्यु भएको हो । सोही घटनामा रुखले किचेर पांच जना घाइते भएका थिए।

घटनामा घाइते भएकी चार वर्षीया बालिका विनिशा चौधरीलाई उद्धार गरिएको छ ।

यस्तै, कटारी-८ की मिनामाया तामाङको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।घरमा खसिबाख्रा सार्ने क्रममा रुखका हाँगा भाँचिएर लाग्दा उनी घाइते भएकी थिइन् । अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

टाउकोमा चोट लागेका कटारी-५ बलाहा का ४६ वर्षीय लीलाबहादुर दनुवारलाई थप उपचारका लागि विराटनगर लगिएको छ । बाँकी घाइतेको घाइतेहरूको कटारी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ |

प्रतिक्रिया