नेपाल शेयर मार्केट्स एण्ड फाइनान्सका तत्कालीन कार्यकारी अध्यक्ष श्रेष्ठ पक्राउ

नेपाल शेयर मार्केट्स एण्ड फाइनान्सका तत्कालीन कार्यकारी अध्यक्ष श्रेष्ठ पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २ चैत्र २०८२
  • 3.2K
    Shares

पोखरा , २ चैत २०८२।

नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन्।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौँको नागार्जुन–५ सितापाइलाबाट पक्राउ गरेको हो ।

श्रेष्ठ नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडसँग सम्बद्ध रही अनियमित एवम् गैरकानूनी तवरले निक्षेपकर्ता र संस्थाको हित विपरीत हुने कार्य गरेको मुद्दामा दोषी ठहर भएका थिए।

काठमाडौँ महानगरपालिका वडा नं. २४ वटु घर भई सितापाइला बस्दै आएका ६९ वर्षीय श्रेष्ठ सर्वोच्च अदालतबाट दुई वटा मुद्दामा दोषी करार भएका व्यक्ति हुन् ।

२०८१ भदौ ५ गते भएको फैसलामा उनले १९ करोड ४६ लाख एकहजार ६ सय ६२ रुपैयाँ तथा तीन वर्ष कैद र अर्को मुद्दामा तीन करोड २१ लाख ३९ हजार ६ सय ८१ रुपैयाँ जरिवाना र तीन वर्ष कैद भएको थियो ।

२२ करोड ६७ लाख ४१ हजार तीन सय ४३ रुपैयाँ जरिवाना र ६ वर्ष कैद सजाय ठहर भएपछि फरार श्रेष्ठलाई सिआइबीले नियन्त्रणमा लिएर काठमाडौं जिल्ला अदालतमा पेश गरेको प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया