पोखरा , १ चैत २०८२।
जेन जी आन्दोलन पछि भएको चुनाबमा ‘अमेरिकापरस्त पार्टी’ भनेर ब्यापक टिकाटिप्पणी हुने गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले दुईतिहाइ मत पाएर सरकार बनाउनै लाग्दा एक जना अमेरिकी सैनिक जनरल आज नेपाल आउदैछन।
अमेरिकी सेनाका उप–कमाण्डिङ
तीन दिने भ्रमणका लागि आइतबार काठमाण्डौ आउँदैछन् । उनी फोर्ट शाफ्टर, हवाईमा अवस्थित अमेरिकी सेना प्रशान्तका लागि उप कमान्डिङ जनरल हुन् ।
फागुन २१ गते भएको संसदीय निर्वाचनपछि नेपाल भ्रमणमा आउने उनी सबैभन्दा उच्च पदस्थ अमेरिकी सेनाका अधिकारी हुन् । जनरल भोवेल आइतबार भुटान हुँदै काठमाण्डु आउनेछ छन् । भ्रमणका क्रममा उनले काभ्रेपलाञ्चोकको पनौती नजिक रहेको वीरेन्द्र शन्ति तालिम सञ्चालन केन्द्रको अवलोकन गर्नेछन् । त्यसक्रममा उनले नेपाल सेनाले सञ्चालन गरिरहेको विभिन्न गतिविधि अवलोकन गर्ने कार्यक्रम छ ।
अमेरिकी जनरल भोवेलले प्रधानसेनापति अशोकराज सिग्देलसहित नेपाल सेनाका वरिष्ठ अधिकारीहरूसँग पनि भेट गर्ने सम्भावना छ ।
नेपाल आउनु अघि जनरल भोवेलले बिहीबार भारतका प्रधानसेनापति उपेन्द्र द्विवेदीसँग दिल्लीमा भेटवार्ता गरेका थिए । उक्त भेटमा भारत–अमेरिका रक्षा साझेदारीलाई थप सुदृढ गर्ने उपायहरूबारे छलफल भएको भारतीय सेनाले जनाएको छ ।
त्यसैगरी उनले भारतीय सेनाका रथी पुष्पेन्द्र सिंहसँग पनि भेट गरी इन्डो–प्यासिफिक क्षेत्रको सुरक्षा अवस्था र संयुक्त सैन्य तालिमबारे छलफल गरेका थिए ।
भारतपछि उनले भुटानको भ्रमण गरेका छन् । भुटानको भ्रमण सकेर उनी आइतबार काठमाण्डौ आउन लागेका हुन् ।
फागुन २१ कोे निर्वाचनअघि पनि संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो फेब्रुअरी १३–१४ मा काठमाण्डुको भ्रमण गरेका थिए ।
अमेरिकी सेनाका अनुसार अमेरिका र नेपालबीच संयुक्त अभ्यासमार्फत विपद् व्यवस्थापन क्षमता सुदृढ गर्ने, प्राविधिक सहयोग प्रदान गर्ने, हेलिकप्टर, सवारीसाधन र सञ्चार प्रणाली जस्ता गैर–लडाकु उपकरण उपलब्ध गराउने जस्ता विषयमा उच्चस्तरको सैन्य सहयोगका विषयमा नेपालसँग सहकार्य भइरहेको छ ।
यसले नेपालका सुरक्षा निकायहरूको शान्ति स्थापना र मानवीय अभियान सञ्चालन गर्ने क्षमता बढाउन सहयोग पु¥याउने पनि अमेरिकी सेनाले बताइएको छ ।